नवज्योति स्कूल वीरेन्द्रनगर 9 सुर्खेतमा स्कूल क्याप्टेन, स्कूल भाईस क्याप्टेन र हाउस क्याप्टेनको लागि आज सफल रुपमा मतदान कार्य सम्पन्न भएको छ। उक्त मतदान कार्यक्रममा कक्षा 6 देखि 10 सम्मका विद्यार्थीहरुले मतदान मा भाग लिएका थिए। स्कूल क्याप्टेन लागि खुसी थापा र प्रज्वल थापाको उम्मेदवारी रहेको थियो। मत गणना कार्य अहिले समपन्न भइसकेको छ। मतगणना नतिजा अनुसार स्कूल क्याप्टेनमा 147 मत सहित खुसी थापा विजयी हुनुभएको छ। त्यसैगरी स्कूल भाईस क्याप्टेनमा कपिल रोकाया र आत्मिसा चौधरी विजयी हुनुभएको छ।




0 Comments